वीरगन्ज । वीरगन्ज महानगरपालिकाका प्रमुख विजय सरावगीले महानगरको कामकारवाहीमा अनावश्यक दबाब दिएको कारण संघीय समाजवादी फोरमबाट राजिनामा दिएका छन् ।
दबाबमा बसेर काम नगरी जनताको हित अनुकुलका काम गर्ने मेयर सेरावगीले बताए । उनले ह्वाट्स एपबाट नेतृत्वलाई राजीनामा पत्र बुझाएका छन् भने अब नेतृत्वलाई भेटेर राजीनामा पत्र बुझाउने तयारी गरेका छन् । संघीय समाजवादी फोरम, वीरगन्ज नगर कमिटीको बैठकले मेयर सरावगीलाई ५ बुँदे ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । तर सरावगीले समय नभएको भन्दै ध्यानाकर्षण बुझ्न नमान्दा विवाद भएको हो ।