पर्वत । केही दिन अघि मध्यमोदी जलविद्युत् आयोजना सुरुङ निर्माण गर्न बम विस्फोट गर्दा स्थानीय बासिन्दाहरुको घर चर्किँदा प्रभावित क्षेत्रका बासिन्दाहरु आन्दोलनमा उत्रिएको कारण बन्द भएको मध्यमोदी जलविद्युत आयोजनाको काम पुनः सुरु भएको छ ।
शुक्रबार बसेको बैठकमा दुवै पक्षको छलफल निष्कर्षमा पुगी आयोजना पक्ष र प्रभावित क्षेत्रका बासिन्दाहरुबीच विभिन्न ४ बुँदे सहमति भएको छ । प्रभावित क्षेत्रका बासिन्दाहरुको माग छलफलमार्फत् निष्कर्षमा पुगेको आयोजनाका जनसम्पर्क अधिकृत अशोक आचार्यले बताएका छन् । उक्त छलफलमा प्रभावित क्षेत्रका बासिन्दाहरुको क्षति अनुगमन तथा मूल्यांकन गर्ने, क्षति भएको हो वा होइन भन्ने कुरा भूगर्भविद्हरुलाई निरिक्षण गराएर यदि क्षति भएको हो भने सोही अनुसार स्थानीयहरुको माग सम्बोधन गरी सोही अनुरुप कार्य गरिने निर्णय गरिएको छ ।