काठमाडौँ । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले नेपाल वायुसेवा निगमको संचालक समितिको सदस्यमा मदन खरेललाई नियुक्ति गरिएको छ ।
उक्त समितिमा अध्यक्षसहित गरी ७ जना सदस्य नियुक्ति भएको छ । सरकारले अर्को क्याबिनेट बैठकमा खरेललाई कार्यकारी अध्यक्ष बनाउने तयारीका साथ उनलाई सदस्यमा नियुक्त गरेको मन्त्रिपरिषदका एक सदस्यले बताए ।
