नागरिकको क्षमतालाई बुझेर वैज्ञानिक ढंगले कर निर्धारण गरेका छौं ः सुस्ता गाउँपालिका

नवलपरासी । अहिले सबै क्षेत्र, नगर, गाउँपालिका, जिल्लाहरुमा चर्काे रुपमा कर वृद्धि भइरहेको छ । कर वृद्धिका कारण जनता मारमा परेको छ । सोही क्रममा नवलपरासीको सुस्ता गाउँपालिकाले भने करको वृद्धिदर शून्य प्रतिशत बनाएको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७४/०७५ को करका शीर्षक र दर रेट सार्वजनिक गरेको छ । गाउँपालिका प्रमुख रामप्रसाद पाण्डेका अनुसार अघिल्लो वर्षभन्दा यस वर्ष कर कम गरिएको बताएका छन् । गाउँपालिकाले गएको वर्ष सुकुम्बासी प्रयोजनको सिफारिसमा २ सय रुपैयाँ कर लगाएकोमा यस वर्ष निःशुल्क गरिएको बताउनुभयो । प्रमुख पाण्डेका अनुसार कृषिजन्य उत्पादनको पैठारीमा लाग्दै आएको निकासी कर समेत हटाएर निःशुल्क बनाइएको बताए ।

गाउँपालिकाले जन्म दर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराई, निःशुल्क स्वास्थ्य उपचार सिफारिस, अपाङ्ग परिचयपत्र सिफारिस, सुकुम्बासी प्रयोजनको सिफारिस सामाजिक सुरक्षा परिचयपत्र तथा नविकरण निःशुल्क गरेको छ भने जन्म, मृत्यु, बसाइँसराईको लागि ३५ दिन भित्र दर्ता नगराएमा ५० रुपैयाँ जरिवाना लाग्ने गाउँपालिकाले जनाएको छ ।

करको विषयमा आइरहेका विरोधका स्वरहरु सुस्ता गाउँपालिकामा विरोधका लागि मात्र भएको र त्यसमा कुनै सत्यता नभएको पाण्डेले बताउँदै नागरिकको क्षमतालाई बुझेर वैज्ञानिक ढंगले कर निर्धारण गरिएको बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...