निर्मला हत्याकाण्ड: न्यायको माग गर्दै माइतीघरमा प्रदर्शन

काठमाडौं । कञ्चनपुरकी निर्मला पन्तको लागि न्यायको माग देशैभर गर्दै गर्दा आज काठमाडौंको माइतीघरमा दोषी पत्ता लगाएर कारबाही गर्न दवाव दिँदै प्रदर्शन गरेको छ ।

त्यसैगरी पाल्पा, विराटनगर, धरान, जनकपुर, पोखरा लगायतका ठाउँहरुमा पनि प्रदर्शन आव्हान गरिएको छ । यस घटनामा जानकार प्रहरीले नै प्रमाण नष्ट गर्न खोजेको अपराध अनुसन्धानमा देखिन्छ । घुँडासम्म पानी जमेको उखुबारीमा घोप्टो परेको अवस्थामा निर्मलाको शव भेटिएको थियो । प्रहरीका अनुसार हत्याराले बलात्कारपछि प्रमाण नभेटिओस् भनेर पानी जमेको उखुबारीमा फालेको बताएका छन् । पानी जमेको ठाउँमा फाल्दा निर्मलाको गुप्तांगबाट विर्य, रगत पखालियोस् भनेर शवलाई उक्त ठाउँमा फालेको प्रहरीले जानकारी दिएको छ ।
हरेक घटनाको एउटा न एउटा प्रमाण हुन्छ । यस घटनामा पनि हत्याराले प्रमाण मेटाउन खोजिएता पनि निर्मलाका कापीकिताब भने नष्ट गर्नमा चुकेका छन् । हुन त प्रहरीले ती कापीकिताबबाट फिंगर प्रिन्ट लिएर हत्यारासम्म पुग्ने सहज बाटो थियो । तर प्रहरीले फिंगर प्रिन्ट लिएको छैन । आखिर किन लिएन त प्रहरीले फिंगर प्रिन्ट ?
हत्याराले शवलाई पानी भएको ठाउँमा फालिए पनि खोलाबाट उखुबारी जाने ठाउँमा पैतालाका छाप भेटिएको थियो । तर त्यो छाप पनि प्रहरीले संकलन गरेन । पैतालाको छाप अनुसन्धान गरौं भन्दा उल्टै प्रहरीले धम्क्याएको स्थानीय बताउँछन् । निर्मलाको शवमा लागेको रगत, बिर्य, रौं लगायत सबै प्रमाण प्रहरीले नष्ट गरेको प्रहरीकै एक अधिकारीले बताएका छन् ।
यी कुराहरुलाई हेर्दा यस घटनामा प्रहरी पनि संलग्न भएको पिडित परिवारले प्रहरीमाथि आरोप लगाएका छन् । स्थानीयहरु प्रहरीको यस्तो भूमिकाबाट असन्तुष्ट भएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...