मौलिक हक कार्यान्वयनको विधेयक पारित हुँदै

काठमाडौँ । संविधान जारी भएको तीन वर्षभित्र मौलिक हक कार्यान्वयनको विधेयक पारित गर्नुपर्ने हुँदा संघीय संसदले आगामी असोज २ गते विधेयक पारित गर्ने भएको छ ।
विधेयक पारित गर्न राष्ट्रिय सभाबाट समय लाग्ने भएको कारण ७२ घण्टाबाट घटाएर १२ घण्टा समय कायम गरेको छ । सरकारले प्रतिनिधि सभामा ११ र राष्ट्रिय सभामा ४ वटा विधेयक दर्ता गरिएकोमा अपाङ्गता भएका व्यक्तिको अधिकार सम्बन्धी पहिलो संशोधन विधेयक र वातावरण संरक्षण पहिलो संशोधन विधेयक पारित भएको छ । सरकार अब यी पारित भएको संशोधन विधेयक कार्यान्वयन गर्ने तरखरमा रहेका छन् । यी दुई विधेयक सँगै प्रतिनिधिसभामा दर्ता भएका ११ मध्ये ७ वटा विधेयक पारित गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »