अनिवार्य तथा निःशुल्क शिक्षा सम्बन्धी विधेयक पारित

काठमाडौँ । प्रतिनिधिसभाले अनिवार्य तथा निःशुल्क शिक्षाका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरिएको छ ।
पहिलाको मस्यौदा बुँदामा विरोध आएपछि संसद्ले सच्याएर विधेयक पारित गरेको छ । बुँदा २५ मा थप नेपाली समुदायले बोल्ने मातृभाषासमेत माध्यम भाषा हुने उल्लेख गरेर विधेयक पारित गरेको सांसदले बताउँदै यसअघि मातृभाषा शिक्षाका निम्ति समुदायले छुट्टै विद्यालय सञ्चालन गर्न सक्ने भनिएकोमा अब माध्यमिक तहसम्मै मातृभाषा शिक्षा पाउने सुनिश्चित गरिएको बताए ।

संघीय संसदले शिक्षा नीतिअनुसार प्रदेश र स्थानीय सरकारले पनि आवश्यक कानुन बनाउन सक्ने गरी मातृभाषा शिक्षालाई पारित गरेको छ ।संसदको निर्णय सकारात्मक रहेको भाषा अधिकारकर्मी अमृत योन्जन तामाङले टिप्पणी गरेका छन् । उनका अनुसार मातृभाषा मानव अधिकारको विषय भएको र मुलुकको मातृभाषा संरक्षण गर्दा कसैको हानी नहुने बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...