04 Dec 2020, 1:41 AM (GMT)

Coronavirus Stats Nepal

238,861 Total Cases
1,567 Death Cases
221,847 Recovered Cases

दशैं नजिकिँदै: अग्रिम टिकट बुकिङ खुल्ला

काठमाडौं । हिन्दूहरुको महान् चाड दशैं नजिकिँदै आएको छ । यसै क्रममा उपत्यकामा रहेको सर्वसाधारणहरु चाड मनाउन उपत्यकाबाट बाहिरिने क्रम सुरु भएको छ ।
उपत्यका बाहिरिने यात्रुका लागि असोज ५ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला भएको यातायात व्यवस्था विभागले जनाएको छ । टिकट बुकिङका लागि काउन्टर र सहायता कक्षा कति र कुन ठाउँमा राख्ने भन्ने विषयमा भोलिदेखि परामर्श सुरु गरिने विभागका प्रवक्ता गोकर्ण उपाध्ययले जानकारी दिएका छन् ।

चाडपर्वको समयमा बढी भाडा लिनेलाई कारबाही गर्न ट्राफिक प्रहरी र मातहतका निकायलाई पत्राचार गरिने उपाध्ययले बताएका छन् । यात्रुहरुको समस्यालाई मध्येनजर गरेर असोज ५ गतेदेखि नै टिकट बुकिङ खुल्ला गर्न लागेको र यसको पूर्वाधार निर्माणको जिम्मा सरकारले लिएको राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

19 gamblers arrested from Kanchanpur

Kathmandu : Police have arrested 19 people from Loharpur in Shuklaphanta Municipality-11 of Kanchanpur while ...

Translate »
%d bloggers like this: