20 Sep 2020, 12:19 PM (GMT)

Coronavirus Stats Nepal

62,797 Total Cases
401 Death Cases
45,267 Recovered Cases

चिनियाँ सामानमा दुई अर्ब बराबरको करवृद्धि

काठमाडौं । चीनबाट आउने सामानहरुमा दुई अर्ब अमेरिकी डलर बराबरको कर वृद्धि निर्णयहरू कार्यान्वयनमा ल्याए बेइजिङले यथोचित जवाफ दिने जनाएको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङ सुवाङका अनुसार यदि अमेरिकाले चीन पठाउने थप सामानमा नयाँ करको वृद्धिको घोषणा गरेमा बेइजिङले यस विरूद्ध नयाँ उपायको घोषणा गरी आफ्नो कानुनी अधिकार चाहनालाई प्रत्याभूत गर्ने बताएका छन् । विगत केही महिनादेखि यी दुई राष्ट्रबीच व्यापार युद्धका कारण दुबै मुलुकका ग्राहकहरु प्रभावित भएका छन् । डोनाल्ड ट्रम्प प्रशासनले पहिले पनि चीनबाट आयात हुने ५० अर्ब अमेरिकी डलर बराबरको सामानमा २५ प्रतिशत कर बढाएको थियो । जसको बदलामा चीनले पनि अमेरिकाबाट चीन ल्याउने सामानमा कर वृद्धि गरेको थियो । अलिहे अमेरिकी ‘वाल स्ट्रिट जर्नल’ ले राष्ट्रपति ट्रम्पलाई उद्धृत गरी अमेरिकाले चीनबाट आयात हुने सामानमा २ सय अर्ब अमेरिकी डलर बराबरको कर लगाउन खोजिएको जनाएको छ । अमेरिकाले चिनियाँ सामानमा नयाँ कर लगाउने निर्णयले चिनियाँ स्टक बजारमा एक प्रतिशतले गिरावट देखिएको छ । अमेरिका र चीनबीच व्यापार विवादले कसैको पनि हित नगर्ने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गेङले बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

An employee arrested from Kathmandu with bribe

Kathmandu : Shiva Shankar Mahato, Deputy Subba of Commerce Supply and Consumer Protection Department, Babarmahal, ...

Translate »
%d bloggers like this: