काठमाडौं । सोमबारबाट नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको छ भने हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य पूरानै कायम गरेको छ ।
पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँका दरले बढाएको निगमले जनाएको छ । उपत्यकामा पेट्रोलको बजार भाउ प्रतिलिटर ११४ र डिजेल, मट्टितेलको प्रतिलिटर १०१ रुपैयाँ भएको छ ।
अमेरिकी डलरको तुलनामा भारतीय मुद्राको अवमूल्यन भएका कारण इन्डियन आयल कर्पोरेसनले मूल्य बढेर आएकाले पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको निगमले जनाएको छ ।