भौतिक संरचना पुनर्निर्माण गर्न थप ६ खर्ब लाग्ने

काठमाडौं । भूकम्प गएको पनि साढे तीन वर्ष पुगिसकेको छ । यतिको समय बितिसक्दा पनि कतिपय भौतिक संरचना पुनर्निर्माण भइसकेका छन् भने कतिपय बाँकी नै रहेको छ ।
जतिपनि पुनर्निर्माण भइसकेको भौतिक संरचना छन्, अहिलेसम्ममा १ खर्ब ८५ अर्ब रुपैया खर्च भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ । पहिलो वर्ष २२ अर्ब, दोस्रो वर्ष ४९ अर्ब र तेस्रो वर्ष १ खर्ब १४ अर्ब रुपैयाँ खर्च गरेको प्राधिकरणले जनाएको छ । चालू आर्थिक वर्षमा १ खर्ब ५१ खर्ब रुपैयाँ पुनर्निर्माणको लागि विनियोजन गरिएको छ भने २०७३ साल वैशाखमा तयार पारिएको कार्यढाँचामा पुनर्निर्माणका लागि ९ खर्ब ३८ अर्ब रुपैयाँ लाग्ने आंकलन गरिएको थियो ।

अब बाँकी रहेको संरचना पुनर्निर्माणका लागि थप ६ खर्ब प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीइओ सुशील ज्ञवालीले बताएका छन् । पुर्निर्माणका लागि आयोजना गरिएको अन्तर्रा्िष्ट्रय सम्मेलनमा छिमेकी मुलुक सहित दातृ निकायले ४ खर्ब १० अर्ब रुपैयाँको प्रतिबद्धता जनाएकोमा ६७ अर्ब रुपैयाँ उद्धार तथा राहत सहितका कार्यक्रममा खर्च भइसकेकोले अब बाँकी ३ खर्ब ४३ अर्ब मध्ये २ खर्ब ६२ अर्ब रुपैयाँको सम्झौता भएको प्राधिकरणले बताएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...