मलेसियामा मदिरा सेवनका कारण नेपाली सहित विदेशी कामदारको मृत्यु भएको छ ।
मृत्यु हुनेमा ४ नेपाली र १५ विदेशी रहेका छन् भने ३३ जना विरामी परेको सेलाङ्गार राज्यका प्रहरी प्रमुखले जनाएको छ । प्रहरीका अनुसार मृत्यु हुने र बिरामी हुने सबैले दुई थरीका ह्वीस्की र एक थरी वियरको सेवन गरेको बताएको छ ।
मृत्यु हुने सात जनामध्ये १ जना मलेशियाली, ४ नेपाली, १ भारतीय र १ बङ्गलादेशी नागरिक रहेको प्रहरीले जनाएको छ ।