गोरखा । गोरखा जिल्ला धार्चेस्थित लाप्राकमा भूमे मण्डी सामुदायिक वनका अध्यक्षलाई छुरी प्रहार गरेको छ ।
अध्यक्ष डिल बहादुर गुरुङ लाप्राक गाउँबाट नमूना बस्ती हेर्न जाने क्रममा उनलाई छुरी प्रहार गरी घाइते बनाएको गाउँपालिका प्रमुख सन्तबहादुर गुरुङले जानकारी दिएका छन् । गुरुङलाई ढाडमा चोट लागेको स्थानीयले बताएको छ । उनको उपचार स्थानीय स्वास्थ्य संस्थामा भईरहेको र सात वटा टाँका लगाइएको स्वास्थ्यचौकीले बताएको छ ।
