काठमाडौं । पछिल्लो समयमा जति पनि बलात्कार, अव्यवस्था, भ्रष्टाचार र अनियमितता जस्ता घटनाहरुमा नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समेत आलोचना र विरोधमा उत्रन थालेका छन् ।
नेपालले मुलुकमा भ्रष्टाचार, अव्यवस्था अति भएको बताउँदै अब संसदमा पनि यस विषयमा बोल्ने काठमाडौंका ११ वटै स्थानीय तहबाट सम्पादित कार्यको वार्षिक समीक्षा कार्यक्रममा बताए । चाबहिल–जोरपाटीको बाटो निर्माणमा मन्त्रीले नै ढाँटेको भन्दै आक्रोश समेत व्यक्त गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठप्रति लक्ष्य गर्दै नेता नेपालले मन्त्रीले गरेका प्रतिबद्धता पूरा नगरेको भन्दै आलोचना गरे । भ्रष्ट कर्मचारीसँगै मन्त्री मिलेको हुन सक्ने आशंका गरेका छन् । विकास निर्माणका काम समयमै हुन नसक्नुको प्रमुख कारण भ्रष्टाचार भएको उनको भनाइ छ ।
भ्रष्टाचारकै कारण समयमै विकास निर्माणका कामहरु नभएको बताए । पैसा खाएपछि दण्ड दिने साहस नै नहुने पूर्वप्रधानमन्त्री नेपालको दाबी छ । भ्रष्टाचारमा नलागी छिटो र गुणस्तरीय काम गर्न नेपालले स्थानीय तहका पदाधिकारीलाई आग्रह गर्दै सबै स्थानीय तह मिलेर एकीकृत योजना बनाउन पूर्वप्रधानमन्त्री नेपालले आग्रह गरे ।
