सरकारले जारी गरेको सवारी ऐन यातायात मजदुरमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले शुरु गरेका छन् ।
उक्त आन्दोलनका कारण मंगलबारबाट देशभर सार्वजनीक यातायात ठप्प भएको छ । समितिका सहसंयोजक अर्जुन अधिकारीले सवारी चालकलाई अपराधी सरह व्यवहार गरिएको भन्दै ऐन संशोधनको माग राख्दै आन्दोलनमा उत्रिएको हो र माग पुरा नभएसम्म यातायात नचलाएर सहयोग गर्न देशभरका सवारी चालकहरुसंग आग्रह समेत गरेका छन् ।
तर सहसंयोजक अधिकारीका अनुसार आन्दोलनका नाममा सडकमा उत्रने तथा जर्वजस्ती सवारी बन्द गर्न लगाउने आफूहरुको कार्यक्रम नरहेको बताए । बाराको सिमरामा भेला भएका सयौं सवारी चालकहरुले सरकारले कानुन संसोधनको माग पुरा नगरेसम्म आफूहरु गाडीको स्टेरिङमा नबस्ने घोषणा गरेका छन् ।
सवारी चालकहरुले आन्दोलन शुरु गरेपछि बारा, पर्सा, रौतहट लगायतका स्थानमा एम्बुलेन्स तथा स्कुल बस र केहि साना सवारी बाहेक कुनै पनि सार्वजनिक सवारी चलेको छैन । वर्तमान ऐनले सवारी चालकलाई अपराधी बनाएको र जन्मकैदसम्मको फैसला गर्ने ब्यवस्था गरेकोप्रति असन्तुष्ट रहेकोले तत्काल उक्त कानुन सच्याउन केन्द्रिय संयोजक बसन्त शर्माले माग गरेका छन् ।