तेजाब छ्याप्ने पक्राउ

काठमाडौं । देशैभर बलात्कार, महिला हिंसा जस्ता घटना बढिरहेको अवस्थामा रौतहटका दुई बालिकामाथि राती सुतिरहेको बेला तेजाब आक्रमण गरिएको थियो ।
यस विषयमा प्रहरीले अनुसन्धान गर्दै जाने क्रममा किशोरी बालिकाहरुमाथि रौतहट चन्द्रपुर बस्ने ५० वर्षीय रामबाबु पासवानले बदला लिने नियतले एसिड छ्यापेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा बालिकाको फोन कल डिटेल, घटनाको प्रकृति अध्ययन, परिवारका सदस्यले दिएको किटानी अनुसार प्रहरीले पासवानलाई पक्राउ गरेको हो । अचम्म त के छ भने आफैले एसिड फ्याँकेर उनी उपचारमा भने सहयोगको नाटक गर्दै थिए । पासवानले १८ वर्षीय सम्झनालाई १५ दिनमा एक सय ८० पटक फोन गरेको र फोन नउठेपछि आक्रोशले तेजाव छ्यापेको प्रहरीले बताए ।

त्यस्तै १५ वर्षीया सुस्मिता दासलाई राति करिब १२ बजे घरमा सुतिरहेको अवस्थामा अनुहारमा तेजाब प्रहार गरिएको थियो । पासवानले घटनापछि घाइते भएका दुई किशोरीहरूको उपचारमा सहयोग गरेको नाटक गर्दै काठमाडौंसम्म पुगेको र आरोपीको हातमा तेजाबले पोलेको घाउ पनि देखिएको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »