काठमाडौं । आफैंले पढाउने छात्रालाई यौनसम्पर्कको प्रस्ताव राख्दा उक्त प्रस्ताव छात्राले नकारेपछि पशु आहार महाशाखा खुमलटारका मुख्य विशेषज्ञले सामाजिक सञ्जालमार्फत् अश्लिल सन्देश दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
५५ वर्षिय मेघराज तिवारीलाई महानगरीय अपराध महाशाखाको टोलीले कार्यालयबाटै नियन्त्रणमा लिएको थियो । तिवारी कंलकीस्थित हिमालय कलेज अफ एग्रिकल्चरल साइन्समा पढाउँछन् । सोही कलेजमा बिएस्सी अध्यनरत २० वर्षिया छात्रालाई तिवारीले ६ महिनादेखि यौन प्रस्ताव राखेको तर छात्राले अस्वीकार गरेपछि म्यासेन्जरमार्फत् अश्लिल म्यासेज पठाउने गरेको महाशाखा प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताएका छन् । तिवारीले यौन प्रस्ताव नमाने परीक्षामा फेल गराउने समेत धम्की दिएको अनुसन्धानबाट खुलासा भएको छ । तिवारीलाई काठमाडौं जिल्ला अदालतबाट विद्युतीय अपराध मुद्धामा म्याद थपी अनुसन्धान अघि बढाएको सिंहले जानकारी दिए ।
