बसले ठक्कर दिँदा दुईको मृत्यु

काभ्रे । काठमाडौंबाट काभ्रेतर्फ जाँदै गरेको यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।
बा २ ख ९४५४ नम्बरको बसले सूर्यविनायक नपास्थित भातेढिकुरमा साँझ काठमाडौंबाट काभ्रे आउने क्रममा विपरीत दिशाबाट आइरहेको बा ८० प ६९५९ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार पनौती नपा ९ का ३५ वर्षीय सुर्दशन तिमल्सिना र चितवन घर भई मध्यपुर थिमि गठ्ठाघर बस्ने १८ वर्षीया एलिसा अधिकारीको भक्तपुर अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले बताएको छ । बसका चालक भने फरार रहेको र खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...