23 Sep 2023, 4:36 AM (GMT)

Coronavirus Stats Nepal

1,003,434 Total Cases
12,031 Death Cases
991,322 Recovered Cases

दैनिक उपभोग्य वस्तुको मूल्यमा वृद्धि, दैनिक जीवन गुजारा गर्न मुस्किल

काठमाडौं । नेपालीहरुको महान् चाड दशैं नजिकिँदै गर्दा पेट्रोलियमको मूल्य वृद्धि भएसँगै दैनिक उपभोग्य वस्तुको मूल्य पनि आकाशिएको छ ।
यसरी मूल्य वृद्धि भइरहँदा त्यसमा नियन्त्रण नहुँदा सर्वसाधारण, उपभोक्ताहरुको ढाड सेकिएको छ । मूल्य वृद्धिसँगै खाद्यवस्तुमा मिसावट र सडेगलेका वस्तुहरू बिक्री समेत हुने गरेको पाइएको छ । आन्तरिक उत्पादनमा कमी र भारतबाट आयातमा हुने वस्तुमा उतैबाट खरिद मूल्य बढेको व्यापारीहरु बताउँछन् ।
कर वृद्धिको कारण देखाउँदै दैनिक उपभोग्य सामानहरुको पनि चर्काे मूल्य वृद्धि गरिएको हो । एक महिनायता खाद्यान्न र तरकारीमा १० देखि १५ रुपैयाँसम्म वृद्धि भएको छ भने एक महिना अघिसम्म ३० देखि ३५ पर्ने मोटो चामल ४० देखि ४५ रुपैयाँ पुगेको छ । यसैगरी ५० रुपैयाँ पर्ने मसिनो चामल ५५ देखि ६० पुगेको छ । एक महिना अघिसम्म १ सय ३० रुपैयाँ पर्ने तोरीको तेल अहिले १ सय ५० नाघेको छ ।
म्याद नाघेका र गुणस्तरहीन खाद्यवस्तुहरूसमेत ग्रामीण भेगमा बिक्री भइरहेको छ । यसको एक कारण लामो समयदेखि बजार अनुगमन नहुँदा काला बजारी मौलाउँदै गएको उपभोक्ताहरू बताउँछन् । यसरी मूल्य वृद्धि हुँदा सामान्य जनताहरुलाई निकै मर्का परेको छ । आम्दानी कम तर खाद्यान्नको भाउ बढ्दा दैनिक जीवन चलाउन गाह्रो भएको सर्वसाधारणहरुको दुखेसो रहेको छ । चाडवाड नजिकिएको समयमा यसरी मूल्य वृद्धि हुँदा सर्वसाधारणहरु कसरी चाड मनाउने भनेर चिन्तित छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: