25 Jul 2021, 10:15 AM (GMT)

Coronavirus Stats Nepal

679,017 Total Cases
9,695 Death Cases
641,565 Recovered Cases

मेलम्चीको सडक जीर्ण बन्दै, सवारी साधन र यात्रुहरुलाई सास्ती

काभ्रे । काभ्रेको जिरो किलो हुँदै मेलम्ची जोड्ने २२ किलो मिटर सडक जीर्ण हुँदै गइरहेको छ । गह्रुँगो मालबाहक सवारी र ठेकदारहरुले गरेको कमसल पिचका कारण सडकको अवस्था नाजुक र जीर्ण हुँदै गइरहेको छ भने साथसाथै स्थानीय, पैदल यात्रीहरुले पनि उतिकै सास्ती भोग्नु परेको छ ।
उक्त सडक पाईलै पिच्छे ठूला ठूला खाल्डा भएका कारण साना तथा ठूला सवारी साधन गुड्न सकिरहेको छैन । सडकको अवस्था झन् झन् बिग्रँदै गएपछि एम्बुलेन्स, सवारी साधन, यात्रुहरुले समेत समस्या भोग्नु परेको छ । बाटो बिग्रिएकै कारण उपचारका लागि हस्पिटल ल्याइने कतिपय बिरामीहरु बाटोमै आफ्नो ज्यान समेत गुमाउने गर्छन् ।
सो सडकमा दैनिक ८ सयभन्दा बढी सवारी साधन सञ्चालित हुने गर्छ । त्यसमध्ये टिपर मात्रै ५ सय भन्दा बढी धेरै सञ्चालन हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ । यस विषयमा सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्ने देखिन्छ ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Four arrested with cannabis in Kathmandu

Kathmandu : Four persons have been arrested from Gaurighat in Kathmandu along with illegal drug ...

Translate »
%d bloggers like this: