ब्याजको प्रलोभन देखाई सुनचाँदी व्यवसायी करोडौं रकम लिएर फरार

Spread the love

इटहरी । विगत केही महिना अघिदेखि इटहरीमा खुलेका सुनचाँदी पसलवाट सयौं सर्वसाधारणहरुबाट करोडौं रकम ठगिएको छ । सुनचाँदी कारोवारको नाममा खुलेका ती पसलहरुमा अवैध कारोवार भइरहेको खुलासा भएको छ ।
महँगो व्याजको प्रलोभन देखाएर सयौं सर्वसाधारणले ज्वेलरीमा बचत गरेको करोडौं रुपैंया लिएर ज्वेलरीका संचालक, पसलमा काम गर्ने कर्मचारी समेत फरार भएका छन् । नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो सिआईवीले अवैध वित्तिय कारोवार गर्ने सुनचाँदी पसलमा छापा मार्न थालेपछि यस्ता किसिमका अवैध कारोवारको कुराहरु खुल्न आएको हो । सुनचाँदी व्यवसायीकोमा बचत गरेको पैसा फिर्ता नपाउँदा तरहरा क्षेत्रमा मात्रै हजारौं सर्वसाधारणको करिव २ अर्व रुपैंया जोखिममा परेको छ । यसरी व्यवसायीहरुले अवैध कारोबार गरिदिँदा सर्वसाधारणहरुको विचल्ली भएको छ । प्रहरीले केही फरार भएका व्यवसायीहरुलाई पक्राउ गरेका छन् । तर पनि ठगी कार्य पूर्ण रुपमा भने रोकिएको छैन । सर्वसाधारणहरु ठगी भए पनि पारिवारिक डरका कारण प्रहरीसम्म पुग्न सकेका छैनन् । घरपरिवारमा थाहै नदिई बचत गरेको कारण उनीहरुमा डर त्रास रहेको प्रहरीले जनाएको छ ।
अहिले भईरहेका धितो–बन्धक कारोवार र बचत अवैध कारोवारका विषयमा सचेत रहन इटहरी प्रहरीले सुझाव दिएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

पोर्चुगलमा दुई नेपाली दाजुभाई को दुबेर मृत्यु

Spread the love धादिङ थानेबास गाँउपालिका घर भई हाल बाराको सिमरामा बसोबास गर्दै आइरहेका ४४ ...

Translate »
%d bloggers like this: