दश प्रतिशत भाडा बढाउने सरकारको निर्णय, असोज १० गतेदेखि अग्रिम टिकट बुकिङ

काठमाडौँ । असोजको ५ गतेदेखि नै दशैंको लागि अग्रिम टिकट बुकिङ खुल्ला गराउने भनिएको निर्णय पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण रोकिएको थियो । तर आगामी १० गतेदेखि सरकारले १० प्रतिशत भाडा बढाउने निर्णय गरेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रतिनिधिबीच सहमति भई अग्रिम टिकट बुकिङ खुल्ला गर्ने भएको छ ।
बैठकमा भाडा समायोजन, बस व्यवसायी समितिका बन्द खाता खोल्नेलगायत ४ बुँदे सहमति भएपछि बुकिङ खोल्ने तयारी भएको यातायात व्यवस्था विभागका महानिर्देशक लावण्य ढकालले बताएका छन् । ढकालका अुनसार बैठकमा १६ प्रतिशतसम्म मूल्य वृद्धि भएको र औसतमा १० प्रतिशत भाडा बढाउने सहमति भएको बताउँदै अब व्यवसायीले बुकिङ खुला गर्ने बताएका छन् ।
पेट्रोलियम पदार्थको मूल्य वृद्धिपछि भाडा वृद्धि तथा समायोजन गरेर बुकिङ खोल्ने सहमति भएको मन्त्रालयका एक अधिकारीले जनाएको छ ।
पेट्रोलियम पदार्थको भाउ बढेपछि व्यवसायीले पनि सरकारसँग अनुरोध गरेको महासंघका वरिष्ठ उपाध्यक्ष विजय स्वारले बताए । स्वारका अनुसार बुकिङ खोल्न भनेको हाल सञ्चालनमा रहेभन्दा बाहिरका गाडी रुटमा चलाउन हो, एकतर्फी त हामी यात्रु लैजान्छौं, फर्किंदा रितो आउनपर्छ, पेट्रोलको मूल्य पनि तिर्न सकिँदैन, त्यसै कारण भाडा बढाइएको बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...