‘रअ’ द्वारा पूर्व एमाले जिल्ला कमिटी सदस्यको गोली हानी हत्या

सुनसरी । सुनसरी जिल्लास्थित हरिनगर गाउँपालिकाको भुटाहामा गोली हानी हत्या गरिएका खुर्सिद अन्सारी पूर्व एमालेका जिल्ला कमिटीका सदस्य भात्र नभई भारतीय प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका व्यक्ति पनि रहेका थिए ।
खुर्सिदलाई भारतले आतंकवादीको सूचीमा राखेको र उच्च निगरानीमा राखेको प्रहरी स्रोतले जनाएको छ । सन् २००८ मा भारतका केही शहरमा शृङ्खलाबद्ध बम आक्रमणका क्रममा आरोपीलाई खुर्सिदले संरक्षण दिएको भारतीय सुरक्षाकर्मीले आरोप लगाएको छ । त्यस समय गृहमन्त्री एमालेका नेता वामदेव गौतम रहेका थिए । गौतमले पार्टीका जिल्ला नेता खुर्सिद भारतलाई दिन नमान्दा त्यही भारत गौतमसँग रिसाएका थियो ।
खुर्सिदको बारेमा काठमाडौंको लैनचौरस्थित राजदूतावासमा रहेको ‘रअ’ का प्रतिनिधिहरूले सूचनाहरू भारतीय सुरक्षाकर्मीलाई दिएको उच्च स्रोतले जनाएको छ । खुर्सिदको घरमा पटक पटक भारतीय सुरक्षाकर्मीले छापामारे पनि पक्राउ गर्न सकेका भने थिएनन् ।
खुर्सिदलाई पक्राउ गर्न खटिएका प्रहरी शिव पौडेललाई समेत सुटरले गोली हानी घाइते बनाएका छन् । ती सुटर कुनै साधारण व्यक्ति नभएको प्रहरीले बताएको छ । खुर्सिदले भारतका विभिन्न शहरमा बम विष्फोट गराउने आतंकवादीहरुलाई नेपालको नागरिकता र पासपोर्ट बनाइदिएर सेल्टर दिएको एक नेताले बताएका छन् । ‘रअ’ का ती नेताका अनुसार ती आतंकवादीहरूलाई खुर्सिदले नै पाकिस्तान उडाएको भारतीय पक्षले दाबी गरेका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...