चिया पसल, होटेलहरुमै बन्ने गरेको छ कीर्ते नागरिकता

काठमाडौं । रकम लिएर चिया पसल, होटेलका कोठामा कीर्ते नागरिकता बनाएको खुलासा भएको छ । कुख्यात भारतीय अपराधीदेखि, भारतीय र बंगलादेशीले नेपाली नागरिकताको प्रमाणपत्र बनाएको तथ्य सार्वजनिक भएको छ ।
यसै क्रममा भारतीय नागरिकहरु मन्टुकुमार साह, रामरित रजक र रवि रौनियारको कीर्ते नागरिकता बनेको छ । उक्त नागरिकता जिल्ला प्रशासन कार्यालय सप्तरीबाट नभई बजारमै कसैले रकम लिएर बनाइदिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले जनाएका छन् ।

भारत घर भई सप्तरी जिल्ला ठेगाना देखाई कीर्ते नागरिकता लिएका मन्टुकुमारलाई पक्राउ गर्न जिल्ला प्रशासन कार्यालय सप्तरीले प्रहरीलाई सूचित गरेका छन् । त्यसैगरी सप्तरी सदरमुकाम राजविराज नपाबाट कीर्ते नागरिकता लिएको भारतीय नागरिक रामरित रजकलाई प्रहरीले पक्राउ गरेको छ । झापाको दमक ७ बस्दै आएका रजक राजविराज नगरपालिका ३ ठेगाना देखाई नेपाली कीर्ते नागरिकता बनाएको खुलासा भएको छ । रजकलाई जिल्ला प्रहरीले पक्राउ गरी बयान लिँदा उनको नागरिकता कसले र कसरी बनाइदिएको हो भन्ने खुल्न आएको बताएका छन् ।
त्यस्तैगरी एक भारतीय नागरिकले सप्तरी जिल्ला ठेगाना देखाई ६० हजार रुपैयाँमा नेपाली कीर्ते नागरिकता लिएको प्रहरीलाई बताएका छन् । उक्त नागरिकले नागरिकता बनाउनुअघि ५० हजार र बनिसकेपछि १० हजार दिएर नेपाली नागरिकताको प्रमाणपत्र लिएको बताएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...