25 Feb 2021, 10:11 AM (GMT)

Coronavirus Stats Nepal

273,760 Total Cases
2,684 Death Cases
270,139 Recovered Cases

जनकपुर अस्पतालले बनाए बलात्कार भएको बालिकाको गलत प्रतिवेदन

धनुषाको जनक नन्दनी गाउँपालिकाकी एक १२ वर्षीया बालिका भदौ ९ गते राति आफ्नै घरमा २३ वर्षीय किरण खत्वेबाट बलात्कृत भएकी थिइन् । तर जनकपुर अस्पतालका चिकित्सकले बालिकाको बलात्कार नै नभएको भनी स्वास्थ्य परीक्षणको गलत प्रतिवेदन बनाएको छ । डा. रम्भा गोइत र डा. बिजयकुमार सिंहले बलात्कारीलाई उन्मुक्ति दिन गलत स्वास्थ्य परीक्षण प्रतिवेदन प्रहरीलाई बुझाएको जनाएको छ । उक्त प्रतिवेदनमा शंका लागेपछि प्रहरीले सिरहा जिल्ला अस्पतालमा पुनः स्वास्थ्य परीक्षण गराउँदा बालिका बलात्कृत भएको पुष्टि गरेको छ ।
झुठो प्रतिवेदन बनाउने डा. गोइत र सिंहलाई कडा कारवाही गर्न स्थानीयले माग गरेका छन् । दोषीलाई जोगाउन झुठो स्वास्थ्य परीक्षण प्रतिवेदन बुझाएका चिकित्सकहरुलाई कारबाही गर्न जिल्ला प्रहरी कार्यालयले दुवै अस्पतालको प्रतिवेदन प्रतिलिपि, अभियुक्तको बयानको भिडियो टेपसहित स्वास्थ्य मन्त्रालय, कानुन मन्त्रालय, मेडिकल काउन्सिल, महान्यायाधिवक्ताको कार्यालय तथा प्रहरी प्रधान कार्यालयमा पठाएको प्रहरीले बताए ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Driver killed in Bus Crash in Pyuthan

Kathmandu : A driver has died in a bus accident in Pyuthan district. The bus ...

Translate »
%d bloggers like this: