पुलको पिपलरमा डुंगा ठोकिँदा पाँचको मृत्यु

रौतहट । रौतहटको गौरमा रहेको टिकुलीया घाटमा पप्पु कन्ट्रक्सनले बनाउँदै गरेको पुलको पिपलरमा ठोकिएर डुंगा दुर्घटना भएको छ ।
२९ जना सवार डुंगा दुर्घटनामा ५ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गौर–४ का ४५ वर्षीया इन्दुदेवी, ६४ वर्षीया शान्तिदेवी, १० वर्षीया उष्मा कुमारी पटेल, सहचालक ओमप्रकाश चन्द्रवंशी र स्थान नगरपालिका–३ की ४० वर्षीया रुनादेवी रहेका छन् । मृतकका परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटमा पप्पुका सञ्चालक हरिनारायण रौनियार र सुमित रौनियारविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गराएअनुसार प्रहरीले पक्राउपूर्जी जारी गरेको छ । पप्पुको लापवाहीले ठूलो क्षति भएको भन्दै घटनाको अध्ययन प्रतिवेदन तयार पार्दै रौतहट प्रहरी निरिक्षक ओमप्रकाश यादव पप्पुका सञ्चालक सुमित र डुंगा चालक गौर–४ का पप्पुकुमार चन्द्रवंशीलाई ज्यान मुद्दा चलाउनु पर्ने ठहर गरेको छ । घटनाको अनुसन्धान भईरहेको र दोषीलाई कारवाही गर्न उनीहरुको खोजी तीव्र रुपमा भइरहेको प्रहरीले जनाएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...