राष्ट्रपतिको निर्वाचनमा सोलिहको जित

काठमाडौं । हालै मात्र सम्पन्न भएको माल्दिभ्स राष्ट्रपतिको निर्वाचनमा इब्राहिम मोहम्मद सोलिहको जित भएको छ ।
सोलिहले चीन निकट विपक्षी अब्दुल्लाह यामिनलाई पराजित गर्दै जित हासिल गरेका हुन् । सोलिह माल्दिभ्सको विपक्षी माल्दिभियन डेमोक्रेटिक पार्टीका भारत निकट हुन् । माल्दिभ्सको निर्वाचनमा ९२ प्रतिशत खसेको मतमा ५८.३ प्रतिशत मत हासिल गरेको समाचार स्रोतले जनाएको छ ।
यसअघि सत्ताधारी पार्टीले निर्वाचनमा हस्तक्षेप गर्दै नतिजा आफ्नो पक्षमा पार्नसक्ने भन्दै आशंका गरिएको थियो । यामिनको पहिलो कार्यकालमा विपक्षी राजनीतिक पार्टी, अदालत र मिडियामाथि कडा कारबाही गरिएको थियो । यामिनमाथि महाअभियोग लगाउने तयारी भइरहँदा राष्ट्रपतिले आपतकालीन अवस्था घोषणा गर्दै केही वरिष्ठ न्यायधीश र नेताहरुलाई जेल समेत हालेको थियो । निर्वाचन अघि विपक्षीको प्रचार अभियान कार्यमा छापा मार्दा निर्वाचन सही रुपमा अगाडि नबढ्ला कि भन्ने शंका गरिएको थियो । सोलिह चर्चित नेता नभए पनि उनलाई यामिनलाई सत्ताबाट हटाउने मनसायमा विपक्षी पार्टीहरुको सहयोग भने मिलेको थियो ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »