26 Sep 2023, 9:14 AM (GMT)

Coronavirus Stats Nepal

Total Cases
Death Cases
Recovered Cases

दश वर्षिय किशोरीको हत्या, बलात्कार गरेको स्थानीयहरुको दाबी

पोखरा । पोखरा महानगरपालिकास्थित पुम्दीभुम्दीको कोदीमा किशोरीको हत्या भएको छ ।
कक्षा ३ मा पढ्ने १० वर्षिया श्रेया सुनार सोमबार साँझ घरबाट बिस्कुट किन्न जान्छु भनी निस्किएकी थिइन् । सुनार घर फर्किएर नआएपछि उनको खोजतलास गर्दै जाँदा घरभन्दा करीब १०० मिटर पर मृत अवस्थामा फेला परेकी थिइन् । शवको अवस्थलाई हेरेपछि उनलाई बलात्कार गरेर हत्या गरेको स्थानीयहरुले दाबी गरेका थिए । मृतकको योनीमा रगत देखेपछि बलात्कार गरेको हो भन्ने कुरा स्पष्ट भएको स्थानीयले बताएका छन् । बैदाम प्रहरीका प्रमुख तथा डिएसपी नबिन कार्कीका अनुसार हत्या भएको स्पष्ट भएपनि बलात्कार भएको हो या होइन भन्ने बिषयमा पोष्टमार्टमको रिपोर्ट पर्खिनुपर्ने बताएका छन् ।
घटनाको २४ घण्टाभित्रै प्रहरीले मंगलबार राति नै अपराधीलाई पक्राउ गरेका थिए । २७ वर्षीय कुसुम पौडलसहित पाँच जनालाई पक्राउ गरेको थियो । तर ती पाँच जनामा पौडेल मात्र दोषी रहेको प्रहरीले जनाएको छ र पौडेल उक्त घटनामा संलग्न भएको स्वीकार गरेका छन् । रक्सी र गाँजाको सुरमा यस्तो भएको भनी प्रहरी समक्ष पौडेलले बयान दिएका छन् ।

About Yangzoom Tamang

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

Two arrested for slaughtering cattle

Kathmandu : Police have arrested Chandra Nepali, 49, of Hemjakot in Machhapuchhre Municipality-6 and Krishna ...

Translate »
%d bloggers like this: