साईलेन्सर र लेजर लाईट जडित पेस्तोलबाट खुर्सिदको हत्या

काठमाडौं । केही दिन अघि सुनसरीमा खुर्सिद आलमलाई गोली हानी हत्या गरिएको घटनामा साईलेन्सर जडित पेस्तोल प्रयोग गरेको अनुसन्धानबाट खुलासा भएको छ ।
आलमलाई साईलेन्सर र लेजर लाईट जडित सेमी अटोमेटिक पेस्तोलबाट ३ राउण्ड गोली प्रहार गरेकोमा एक राउण्ड मिस फायर भएको जनाएको छ । उक्त गोली टाउको र कोखामा लागेको अनुसन्धानबाट पत्ता लागेको छ ।

नेपाल भारतको सिमामा पर्ने सुनसरीको रामनगर भुटाहमा आलमले नै संञ्चालन गर्ने आलमलाई घर जाने क्रममा रैर्यान नेशनल स्कुल नजिक गोली हानिएको थियो । स्थानिय अमिन अन्सारीले चलाएको बाईकको पछाडी आलम बसेका थिए । गोली प्रहार गर्दा अमिनले सानो आवाजले फ्याट् फ्याट् गरेको मात्र आवाज सुनेको र त्यतिबेलासम्म पछाडी बसेका आलम बाईकबाट ढलेर भुईमा खसिकेको बताए ।

आलमको टाउको र कोखाबाट रगत बगेपछि अमिन भाग्न खोज्दा उनलाई पनि खुट्टामा ताकेर गोली हानिएको थियो तर मिस भएको उनले बताए । अन्सारीका अनुसार आलमलाई योजनाबद्ध रुपमा गोली हानी भारतीय क्षेत्रमा भागेको बताएका छन् । गोली प्रहार गर्ने ४ जनाको समुहको बाइक एउटा कालो पल्सर र एउटा अपाचे बाईक प्रयोग भएको जसमा भारतीय नम्बर रहेको अन्सारीले बताएका छन् ।
लेजर जडित पेस्तोल भएका कारण पनि गोली सहि निशानामा लागेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार एक घरको सिसिटिभी क्यामेरामा कैद भएको फुटेज हेरेर उनीहरु भाग्दै गर्दा पछाडी बस्नेको हातमा दुईवटा साईलेन्सर र लेजर जडित पेस्तोल देखिएको बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »