काठमाडौँ । काँडाघारीमा बालुवा बेचबिखन गर्ने व्यवसायीलाई धम्की दिएर रकम लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी नायव निरीक्षक पक्राउ परेका छन् ।
बालुवा व्यवसायीसँग घुस लिँदै गरेको क्रममा असई गोविन्द खरेललाई अख्तियार दुरुपयोगले पक्राउ गरेको हो । खरेलसहित १० जना प्रहरीलाई पनि पक्राउ गरिएको छ । पक्राउ परेका प्रहरीहरुको अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धानले जानकारी दिएको छ ।