डाँडापारीमा कच्ची मोटरबाटो सञ्चालन

काभ्रे । काभ्रे जिल्लाको विकट क्षेत्र मानिने डाँडापारीमा कच्ची मोटरबाटो सञ्चालन भएको छ । विगत लामो समयदेखि सडक बिहिन रहेको थियो । डाँडापारि क्षेत्रका बासिन्दाहरुका लागि यातायात सेवा पु¥याउने उद्धेश्यले दूई दशक अगाडि एशियाली विकास बैङ्कको ऋण सहयोगमा सञ्चालित ग्रामीण विकास पूर्वाधारले खोपासी तालढुंगा सडकले पूर्णता पाएसंगै उनीहरुमा खुसियाली छाएको छ ।
उक्त कच्ची मोटरबाटो ६३ करोडको लागतमा निर्माण कार्य सम्पन्न भएको हो । सो सडक २०५२ सालमा डिपिआर गरि २०५८ सालबाट निर्माणकार्य शुरु भएको थियो । खोपासीदेखि तालढुंगासम्मको कच्ची सडक ६४ किलोमिटर रहेको छ । बाटो निर्माणकै क्रममा २०६७ सालमा कोप्रे भीरमा पुगेर ठूलो चटानका कारण बाटो निर्माण कार्य नै रोकिएको थियो, त्यसै भिरलाई अहिलेको जिल्ला समन्वय समिति, गाउँपालिका र सम्बन्धति निकायहरु मिलेर बैकल्पीक बाटो खोल्न सहमति भएपछि अहिले सडक अगाडी बढेर सम्पन्न भएको हो । सडक खुलेसँगै स्थानीय बासिन्दाहरुलाई जिल्ला सदरमुकाम र छिमेकी जिल्लासम्म आवतजावत गर्न सहज भएको छ । सडक नहुँदा ४ दिन लगाएर पैदल हिडैरै सदरमुकाम आउन विवश यस भेगका स्थानियहरुले आफूले उत्पादन गरेको खुवा, अम्रिसो लगायतका सामाग्री सकसपूर्वक ललितपुरको चापागाउँ, च्याम्राङबेशी हुँदै पनौती, भोर्लेनी हुँदै हेटौडा समेत पु¥याउँदै आएका थिए । अचानक बिरामी परिहाले भने कि त हेलिकप्टर नै आउनुपर्ने कि त पीडा खपेर बस्नुपर्ने विवशता रहेको थियो । तर अब डाँडापारिका बासिन्दाहरु बर्षात्मा खोलाको बाढी, हिलो र पहिरो जाने कारणले ४÷५ महिनाको लागि अगाडि नै खाद्यान्न जोहो गर्नुपर्ने बाध्यताबाट भने मुक्त भएका छन् ।
कच्ची सडक सञ्चालनमा आएपनि ढुक्क भएर बाटोमा सवारी चलाउन सक्ने अवस्था भने रहेको छैन । हिलाम्मे सडक कुन बेला कुन ठाउँमा के बिग्रने हो भन्ने चिन्ताले सताउने चालकहरुले बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...