काठमाडौं । नेपालमा जुत्ताको होलसेल व्यापारी रोशन अग्रवाल र राजेन्द्र अग्रवालले अवैध धन्दा गर्ने गरेको खुलासा भएको छ ।
अग्रवालका काठमाडौंको प्रमुख व्यापारीक केन्द्र मख्खनस्थित ताम्राकार प्लाजा, सुरज आर्केट र अन्य स्थानमा समेत सोरुम सञ्चालन गरिएको छ । चाइनामा वसेर नेपालमा अबैध धन्दा चलाउने रोहित अग्रवालको पैसा छाप्ने कार्य गर्दै आएको रहस्य खुलेको छ । रोशन र राजन्द्रले नेपालबाट चाईनाका लागि हुण्डी तथा डलरको काम गर्ने र चाईनामा रहेका रोहितले नेपालका लागि हुण्डी तथा अन्य विभिन्न धन्दा गर्ने गरेको समाचार स्रोतबाट जानकारी पाइएको छ ।