जोखिमपूर्ण यात्रा गर्न बाध्य स्थानीय
सप्तरी । सप्तरीको राजविराज–कुनौली सडकखण्ड अन्तर्गत तिलाठी कोइलाडी गाउँपालिकामा रहेको खाँडो नदीको पुल निर्माण कार्य अझसम्म पनि सम्पन्न हुन सकेको छैन ।
पप्पु कन्सट्रक्सन कम्पनीले मृत सञ्जीविनी जेभी कम्पनीसँग साढे ५ करोड रुपैयाँमा सम्झौता भएको निर्माण कार्य ४ वर्ष बितिसक्दा पनि अहिलेसम्म पूर्ण भएको छैन । २०७१ असार ३१ मा गरिएको सम्झौता अनुसार पुल निर्माणको अन्तिम समयावधि २०७३ असार ३० गतेसम्म रहेको थियो । यो समयावधि भन्दा बढी २ वर्ष बितिसक्दा पनि ४ वटा पिलर समेत पूरा निर्माण भएको छैन । निर्माण कार्य पूरा नहुँदा सर्वसाधारण जोखिमपूर्ण आवागमन गर्न बाध्य भएका छन् ।
वर्षाका समयमा नदीमा बाढी आएको बेला आवागमन गर्ने अवस्था नै नहुने र डाइभर्सनको अवस्था पनि जीर्ण भएको कारण धेरै पटक दुर्घटना भएको स्थानीयहरु बताउँछन् । तर पनि ठेकेदार कम्पनीले पुल निर्माणमा ध्यान नदिएको स्थानीयहरुको गुनासो रहेको छ ।
सवारी चालकहरुका अनुसार सडकमा पुल नहुँदा सर्वसाधारणलाई गणतव्यसम्म पु¥याउन नसकि बीच बाटोमै छोड्नुपरेको बताउँछन् । जसका कारणले भाडा समेत पूरा पाउँदैनन् र गाली पनि खानुपर्ने चालकहरुले गुनासो गरे ।
ठकेदार कम्पनीहरूको लापरबाही र सम्बन्धित निकाय सडक विभागले पनि यस विषयमा ध्यान नदिँदा स्थानीय तथा सवारी आवागमन असहज र जोखिमपूर्ण बनेको छ । पुल निर्माण कार्यलाई तीव्रता दिनस्थानीय सरकार, सडक विभाग र सरोकारवालालाई स्थानीयहरुले आग्रह गरेका छन् ।