काठमाडौं । इन्डोनेसियामा ७.५ म्याग्निच्यूडको शक्तिशाली भूकम्प आउँदा चार सयभन्दा बढीको ज्यान गएको छ भने सयौं घाइते भएका छन् ।
भूकम्पपछि सुनामी आउँदा सुलावेसी क्षेत्रमा ३ सय ८० भन्दा बढीको ज्यान गएको एक अधिकारीले जनाएको छ । मृत्यु हुनेको संख्या बढिरहेको अधिकारीहरुले जानकारी दिएका छन् । घाइतेहरुको उद्धार गर्दै अस्पताल पु¥याइएको छ ।
भूकम्पपछि सुनामीले मस्जिद, अस्पताल, होटल, हजारौं घर तथा पसलहरु पूर्ण रुपमा क्षति भएको स्रोतले जनाएको छ । स्थानीयहरुका अनुसार शक्तिशाली पराकम्पनले निरन्तर धक्का दिइरहेको र सुलावेसी टापु हुँदै पालु शहर आएको सुनामीको छाल तीन मिटरसम्म अग्लो रहेको बताएका छन् । पहिरोका कारण मुख्य बाटोहरु अवरुद्ध भएका छन् भने विद्युत् तथा सञ्चार सेवा पनि बन्द रहेको छ । भूकम्प र सुनामी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्यहरु भइरहेको जनाइएको छ ।
