बैतडी । बैतडीमा प्रदेश मातहतका कार्यालय कर्मचारीहरुले साउनदेखि तलब पाएका छैनन् ।
साविक जिल्ला कृषि विकास कार्यालयका एक कर्मचारीका अनुसार तलबको विषयमा बुझ्न धनगढी पुगेको र तलब निकासा हुने छाँटकाँट नदेखिएको बताएका छन् । आउँदै गरेको महान् चाड दशैंमा समेत तलब पाउने छाँट नदेखिएपछि कृषि ज्ञान केन्द्र, भेटनरी अस्पताल तथा पशु सेवा, डिभिजन वन कार्यालयका कर्मचारीहरु चिन्तित भएका छन् ।