स्वास्थ्य चौकीमा औषधि नहुँदा महँगो मूल्य तिरी औषधी किन्न बाध्य

जाजरकोट । स्वास्थ्य चौकीमा औषधि नहुँदा निजी मेडिकलमा औषधी किन्न बाध्य छन् जाजरकोटाका बिरामीहरु ।
जाजरकोटका प्राथमिक स्वास्थ्य केन्द्र दल्ली र लिम्सा, स्वास्थ्य चौकी कुदु, सिलिङ्गीचौर लगायत दुई दर्जन स्वास्थ्य चौकीमा सिटामोल, ब्रोफिन, मेट्रो, एमोक्सीसिलीन, कोर्टीन, सालबुटामोल, पारासिटामोल सिरफ, भिटामीन बी कम्प्लेक्स, आरएल, क्योमक्स लगायतका औषधि अभाव रहेका छन् । सामान्य ज्वरो, आउ, रुघाखोकी, ग्याष्ट्रिक, पखाला, पेट दुख्ने लगायत रोगको औषधि समेत अभाव हुँदा जाजरकोटबासीहरु मर्कामा परेका छन् ।
स्थानीय तहले औषधि खरीद तथा आपुर्तिलाई बेवास्ता गर्दा उपचारका लागि औषधि नपाएर रित्तो हात फर्कनुपर्ने बिरामीहरु बताउँछन् । सरकारले जिल्ला अस्पतालमा ७०, प्राथमिक स्वास्थ्य केन्द्रमा ५६ र स्वास्थ्य चौकीमा ३५ प्रकारका औषधी उपलब्ध गराउने भने पनि हालसम्म ३० प्रकार भन्दा बढी औषधी उपलब्ध हुन नसकेको स्वास्थ्यकर्मीहरु बताउँछन् । सरकारले निशुल्क वितरण गर्ने कुनै पनि औषधि अधिकांश स्वास्थ्य संस्थामा उपलब्ध नभएको स्वास्थ्यकर्मीहरु बताउँछन् । उपचार गर्न आएका जति बिरामीहरुलाई सामान्य जाँचपछि औषधी किन्नको लागि निजी मेडिकल पठाउन बाध्य भएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।
स्वास्थ्य संस्थामा औषधी अभाव भएको केही महिना बितिसक्दा पनि सम्बन्धित निकाय भने यस विषयबाट जानकार नरहेको स्थानीयले बताए । सामान्य ज्वरो आउँदा सिटामोल समेत निजी मेडिकलबाट महँगो मूल्य तिरी किन्नुपर्ने बाध्यता रहेको स्थानीयहरुले बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...