अब इन्टरनेटबाटै आर्थिक गतिविधि हुने

काठमाडौं । आइतबार राष्ट्र बैंकले एक विशेष समारोहमा बैंकिङ कारोबार गर्न अझ सहज हुने एप सार्वजनिक गरेको छ ।
अबदेखि बैक तथा वित्तीय संस्थाको ऋण प्रवाह, निक्षेप संकलन लगायत सम्पूर्ण आर्थिक गतिविधि इन्टरनेटबाट नै हेर्न सक्ने वित्तिय समावेशीकरण पोर्टल ल्याएको छ । वित्तीय संस्थाको आर्थिक गतिविधिको पहुँच सर्वसाधारण समक्ष पु¥याउन वित्तीय संस्थाको नियमन र अनुगमन प्रभावकारी बनाउने उद्देश्यले केन्द्रीय बैकले यो एप ल्याएको हो ।
यसबाट केन्द्रीय बैकलाई देशभरका वित्तीय संस्थाको आर्थिक कारोबार, शाखा रहित बैंक तथा वित्तीय संस्थाको कारोबारको अनुगमन गर्न समेत सजिलो हुनेछ । यस पोर्टलमा वित्तीय क्षेत्रको आर्थिक कारोबार र स्थिति सम्बन्धी सम्पूर्ण जानकारी हुने भएकाले वित्तीय सेवा प्रदायक, साझेदार र सरोकारवाला निकाय तथा नीति निर्माताहरुका लागि महत्वपूर्ण रहेको नेपाल राष्ट्र बैकका गर्भनर चिरञ्जिवी नेपालले बताए । कार्यक्रममा यो सेवा प्रदेश र स्थानीय तहमा पनि विस्तार गर्नुपर्नेमा नेपालले जोड दिए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...