विवाह दर्ता र नागरिकता बनाइदिन आग्रह गर्दा आफ्नै परिवारबाट कुटपिट

राजविराज । राजविराज नगरपालिका–१५ मा आफ्नै पति, सासु र ससुराबाट प्रेमकला ठाकुर कुटिएकी छिन् ।
मुसहरनियाकी १९ वर्षीय प्रेमकला ठाकुरले आफ्नो विवाह दर्ता र नागरिकता बनाईदिन आग्रह गर्दा उनी कुटिएकी हुन् । आफ्नै घरपरिवारको कुटाईबाट उनको छाती, ढाड, कम्मर, पेट, खुट्टामा चोट लागेको छ भने शरीरभरि नै निल डाम छ । प्रेमकलाको गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल राजविराजमा उपचार भईरहेको छ ।
प्रेमकलाको ०७४ साल बैशाखमा मनोजसँग चार लाख दाइजो दिएर भएको प्रेमकलाका बाबुले बताए । विवाहको केही दिनपछि देखि नै मानसिक तथा शारीरिक यातना सहनु परेको प्रेमकलाका बाबु बताउँछन् । बाबुका अनुसार आफ्नी छोरीलाई पटक पटक कुटपीट गर्दा आफु गएर स्थानीय स्तरमै जनप्रतिनिधिसमेत राखेर सहमति गरेको बताए । सहमतिपछि पनि फेरि कुटपीट गरी छोरीलाई घर भित्रै थुनेर राखेको थाहा भएपछि आफु उपचारका लागि अस्पताल ल्याएको बताए । कुटपिटपछि प्रेमकलाका बाबुले उनका पति, सासु र ससुराविरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । उजुरीपछि जिल्ला प्रहरी कार्यालयको महिला तथा वालवालिका सेवा केन्द्रका प्रहरी सहायक निरीक्षकले खोज अनुसन्धान सुरु गरेको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भत्काइयो अरनिको राजमार्ग साँगा–बनेपाको घरटहरा

काभ्रे । काभ्रेको साँगा–बनेपा सडकखण्डमा सोमबार अरनिको राजमार्गको दायाबाया मापदण्ड मिचेर बनाएका सयौं घरटहरा भत्काइएको ...

Translate »