बेसीशहर–चामे सडक पुनः सञ्चालनमा

लमजुङ । पहिरोको कारण १९ दिनसम्म अवरुद्ध भएको बेसीशहर–चामे सडक पुनः सञ्चालनमा आएको छ ।
मनाङ पुग्ने एकमात्र भनेकै बेसीशहर–चामे सडकखण्ड हो । पहिरोका कारण खरखरे भीर, खुदी, भुलभुले, सिउरुङबेसी, अर्खलेबेसी, घोप्टे भीर, काप्रे भीर, रामबजार, स्याँगे, श्रीचौर, जगत, च्याम्चेलगायतका विभिन्न सडक अवरुद्ध भएको हो । सडकखण्ड पुनः सञ्चालनमा ल्याउनको विष्फोटक पदार्थ प्रयोग गरेर पहिरो हटाइएको थियो । लमजुङका प्रमुख जिल्ला अधिकारीका अनुसार पहिरो हटाउन सडक डिभिजन कार्यालय, नेपाली सेनाको श्रीजंग गण, नेपाल प्रहरी, विपिसीद्धारा प्रवद्र्धित जलविद्युत आयोजनाका नेपाली र चाइनिज कर्मचारी, जनप्रतिनिधि र स्थानीयको सक्रियता थियो ।
सडकखण्ड सुचारु भएसँगै आन्तरिक तथा बाह्य पर्यटक आगमनको संख्या बढेको अधिकारीले जनाएको छ । यसले गर्दा स्थानीय, व्यवसायीहरु खुशी भएका छन् ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

Translate »