पच्चीस वर्षको युवाले गरे आत्महत्या

चितवन । चितवनस्थित कालिका नपा ७ का एक युवाले फेसबुकमा लाइभ गर्दै आत्महत्या गरेका छन् ।
आत्महत्या गर्ने युवा २५ वर्षीय निश्चल तामाङले आइतबार राती फेसबुकमा आत्महत्या गर्ने भन्ने संकेतको स्टाटस राखेका थिए । तामाङले कक्षा १२ मा अध्ययन गर्दै छाडेर लागुपदार्थको लतमा फसेका उनी रिहाब सेन्टरबाट फर्किएको एक महिना भएको थियो । उनले सुसाइड नोट लेखेर आत्महत्या गरेको ईलाका प्रहरी कार्यालयले जानकारी दिएको छ ।
सुसाइड नोटमा ‘मैले जति सुध्रिन खोजे पनि सुध्रिन सकिन, म राम्रो मान्छे बन्न सकिन । यो जुनीलाई यस्तै भो अर्को जुनी यहि आमाको कोखबाट जन्मिन्छु । राम्रो मान्छे भएर जन्मिन्छु ।’ भनी नोटमा लेखिएको र आत्महत्या गर्नुको कारण आफै भएको प्रहरी कार्यालयले जनाएको छ । तामाङ सलको पासोमा झुण्डिरहेको देखेपछि बाबु जीवनले प्रहरीलाई खबर गरेका थिए । प्रहरी पुग्दा पासो काटिसकेको र मृत्यु भईसकेको जीवनले बताए । निश्चलले यसअघि पनि आत्महत्याको प्रयास गरेका थिए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*