भक्तपुर । भक्तपुरको सूर्यविनायकस्थित पाण्डु बजारमा बा४ख३६५० नम्बरको टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
काभ्रेबाट काठमाडौंतर्फ जाँदै गरेको टिप्परले सोही दिशातर्फ जाँदै गरेको बा८८प ८५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो । मृत्यु हुने चालक काभ्रे नमोबुद्ध डराउने पोखरीका २५ वर्षीय रामकृष्ण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।
प्रहरीका अनुसार तीव्र गतिमा आएको टिप्परले मोटरसाइकललाई ठक्कर दिएर चालक फरार भएको थियो । मोटरसाइकल चालकको मृत्यु भएपछि त्यहाँ जम्मा भएको भीड आक्रोशित भई टिप्परमा आगो लगाएको थियो । आगो नियन्त्रणका लागि आएका प्रहरीले भिड हटाउन खोज्दा नाराबाजी गरेपछि प्रहरीले लाठीचार्ज गरेको स्थानीयहरु बताउँछन् । स्थानीयकै अनुसार आगो नियन्त्रण गर्न आएको दमकललाई समेत भिडले ढुङ्गा हानेर तोडफोड गरेपछि प्रहरीले अश्रृग्यास हानेको बताएका छन् । अहिले भक्तपुरको सूर्यविनायक तनावग्रस्तमा रहेको छ ।