काठमाडौं । हामीले प्रयोग गर्ने दैनिक उपभोग्य सामान मापदण्ड उल्लंघन गरी खानै नमिल्ने कृषि तथा पशुपंक्षी विकासमन्त्री चक्रपाणि खनालले बताएका छन् ।
दैनिक उपभोग्य सामान दूध, पानी र तेल मापदण्ड विपरीत भएकाले त्यस विषयमा उपभोग्य वस्तुको नियमन गर्न उपभोक्तालाई सचेत गराउने अभियान चलाउन लागिएको खनालले जानकारी दिए । मन्त्री खनालका अनुसार कृषि उत्पादनभन्दा जमीनको प्रयोगसम्बन्धी समस्या जटिल रहेकाले जमिनसम्बन्धी देखिएका समस्यालाई सम्बोधन गरी भू–उपयोग नीतिअन्तर्गत जग्गामा रही आएको द्वैध स्वामित्व अन्त्य गर्ने कार्य भइरहेको बताए । दूधसम्बन्धी समस्या चुनौतीका रुपमा देखिएकाले यसको दीर्घकालीन समाधानका लागि संसदीय समितिको सहयोग र समर्थनको अपेक्षा गरिएको बताएका छन् ।