काठमाडौं । वानेश्वरमा रहेको संगम स्वीट्स पसललाई अखाद्य पदार्थको प्रयोग र न्युनतम मापदण्ड पूरा नगरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण बिभागले शिलबन्दी गरेको छ ।
बरिष्ठ खाद्य अनुसन्धान अधिकृत इश्वर सुवेदीको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय र उपभोक्ता अधिकारकर्मीसहितको टोलीले अनुगमन गरी शिलबन्दी गरिएको हो ।
