प्रदेश सरकारको मातहतमा आएपछि निर्माण कार्य अलपत्र

बैतडी । सडक डिभिजन कार्यालय पाटन बैतडीमार्फत निर्माण भइरहेको सडक प्रदेश सरकारको मातहत आएपछि निर्माणको काम अलपत्र परेको छ ।
जिल्लाको पुरानो पाटन पञ्चेश्वर सडक निर्माण र कालोपत्रे गर्ने काम अघि बढ््न सकेको छैन् भने श्रीकोट सिल्लेगडा र उग्रतारा मेलौली सडक निर्माण कार्य अलपत्र परेको छ । प्रदेशमा संरचनाको अभाव हुँदा सडक निर्माण कार्य अघि बढ्न सकेका छैनन् ।
सडक डिभिजन कार्यालय पाटन बैतडीका इञ्जिनियर अर्जुन पौडेलका अनुसार पाटन पञ्चेश्वर सडकलाई ४५ किलोमिटर कालोपत्रे गर्ने कार्यमा ६ किलोमिटर ट्रयाक खोल्ने काम चालु आर्थिक वर्षमा अघि नबढेको बताए । बजेट प्रदेशमा गएको र प्रदेशमा कर्मचारी र संरचनाको अभावका काम अघि नबढेको पौडेलले बताए ।
त्यसैगरी १ सय १५ किलोमिटर लम्बाई रहेको श्रीकोट सिल्लेगडा सडकको पनि १२ किलोमिटर कालोपत्रे गर्ने र ट्रयाक खोल्ने कार्य रोकिएको छ भने उग्रतारा मेलौली मेलौली सडक कालोपत्रे गर्ने कार्य पनि रोकिएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*