सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुकुटेमा बलात्कार गर्न खोजिएको आरोपमा एक शिक्षक पक्राउ परेका छन् ।
सुकुटे माध्यमिक विद्यालय कक्षा ४ मा अध्ययनरत एक १० वर्षीया बालिकामाथि बलात्कार प्रयास आरोपमा सिरहा नवराजपुर गाउँपालिकाका भोगेन्द्र प्रसाद यादवलाई पक्राउ गरेको हो । ट्युसन पढ्न गएको समयमा यादवले जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।
