काठमाडौं । यति एयरलाईन्सको जहाजमा एक युवतीको मृत्यु भएको छ ।
असोज ५ गते भैरहवाबाट काठमाडौं आउँदै गरेको यति एयरलाईन्समा कपिलवस्तुकी ३० बर्षीया पुष्पा राईको मृत्यु भएको हो । उक्त घटना १३ दिनपछि सार्वजनिक भएको हो । जहाज उडेको १० मिनेटमै अचेत भएको र उपचारमा ढिलो हुँदा मृत्यु भएको पिडित परिवारको आरोप छ । अचेत भएरै ढलेकी पुष्पालाई जहाज कम्पनीले भैरहवा नै फर्काएर छिटो उपचार गराएको भए उनको ज्यान नगुम्ने परिवारले बताए ।