ग्राण्डीको लापरवाहीका कारण बिरामीको मृत्यु

काठमाण्डौ । काठमाडौंको धापासीस्थित ग्राण्डी अस्पताल उपचारमा लापरबाही गरी पटक पटक बदनाम भइरहँदा पुनः उपचारमा लापरबाहीका कारण बिरामीको मृत्यु भएको छ ।
बिरामीको मृत्युपछि रातारात अस्पतालले सम्झौता गरी घटना साम्य पारेको खुलासा भएको छ । दुर्घटनाबाट घाइते भई उपचार गर्न आएका धादिङका एकजना बिरामीको उपचारमा गम्भीर लापरबाहीका कारण मृत्यु भएको थियो । मृतकका आफन्तले अस्पताल परिसरमा आन्दोलन सुरु गरेपछि अस्पतालले आफूले गरेको लापरवाही स्वीकार्दै सम्झौता गरी लागेको लागत खर्च ९ लाख ५० हजार फिर्ता गरेको छ ।
गत एक साता अगाडि बेलुका काठमाडौंको रानीवनमा कार दुर्घटनामा परी धादिङका ३९ वर्षीय रमेश दनैलाई ग्राण्डी अस्पताल पुर्याइएको थियो । दनैको बाँया खुट्टाको तिघ्राको जोर्नी फुस्किएको भन्दै शल्याक्रिया गरिएको थियो । शल्यक्रिया पछि स्वास्थ्य स्थिति सामान्य हुँदै जाँदा सोमबार बेलुकीदेखि समस्या देखिएको र बिरामीलाई श्वासप्रश्वासमा समस्या देखिएको भन्दै तत्काल आईसीयूमा पठाइएको थियो । डाक्टरहरुले मिर्गौला र मुटुमा समस्या आएको जानकारी दिइएको थियो । बिरामीका आफन्तले भारत लगेर उपचार गर्ने प्रस्ताव गरे पनि अस्पतालले पठाउन रोकेको आफन्तहरु बताउँछन् । बिरामीको अवस्था सुधारोन्मुख रहेको ब्रिफिङ पाएर खुसी भएका आफन्तलाई राती नै ग्राण्डी प्रशासनले प्रहरी बोलाएर बिरामीका आफन्तलाई बिरामीको मृत्यु भएको जानकारी गराइएको थियो । बिरामी मृत्यु भएको जानकारी दिनुअघि नै दुई ट्रक प्रहरीले अस्पताल परिसर घेरा हालेर सुरक्षा दिइसकेका थिए । रातको १ बजे अस्पताल प्रशासन र बिरामीका आफन्तबीच पहिलो चरणको वार्तामा अस्पतालको लापरबाहीले मृत्यु भएको र गल्ती स्वीकार गर्नुपर्ने अडान कायम गरिएको थियो । बिहान अचानक अस्पतालले बिरामीकी श्रीमती र छोरालाई बोलाएर उपचारमा गल्ती भएको स्वीकार गरी माफी माग्दै उपचारमा लागेको खर्च फिर्ता गर्ने र मृतकका सन्तानलाई भविष्यमा रोजगारी मिलाइदिने समेत सम्झौता गरेको मृतकका परिवारले बताए ।
पोष्टमार्टमको प्रारम्भिक रिपोर्ट र अस्पतालको रिपोर्ट नमिलेपछि मृतकको शव शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । पोष्टमार्टम रिपोर्टमा औषधिको ओभरडोजका कारण मिर्गौला ड्यामेज भएको र निमोनियाका कारण निधन भएको उल्लेख गरिएको छ । तर बाँकी विस्तृत रिपोर्ट भने आउन बाँकी रहेको जनाइएको छ ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

जग्गा किर्ते गरेको अभियोगमा मालपोतका उपसचिवसहित चार जना पक्राउ

काठमाडौँ । उपत्यकाको चाबहिलस्थित मालपोत कार्यालयका कर्मचारीहरुलाई जग्गा किर्ते गरेको अभियोगमा महानगरीय प्रहरी वृत्त गौशालाले ...