खरेलको आत्मकथा चरित्र हत्या गर्न खोजिएको छ: नेता गौतम

काठमाडौं । नेपाल प्रहरीका पूर्व महानिरीक्षक अच्युतकृष्ण खरेलद्धारा प्रकाशित ‘आत्मकथा’ मा नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य वामदेव गौतमले आफ्नो चरित्र हत्या गर्न खोजिएको बताएका छन् ।
प्रकाशित ‘अच्युतकृष्ण खरेल आत्मकथा’ मा पत्रकारमार्फत रु २० लाखको प्रस्ताव पठाउँदा अस्वीकार गरेको झुटा कुरा लेखेर उनको चरित्र हत्या गर्न खोजेको बताएका छन् ।
आफ्नो आत्मकथामा मेराबारे तथानाम जे पायो त्यही झुटा असत्य कुरा लेखेर चरित्र हत्या गर्न खोजेको र खरेलले आइजिपीबाट हटाएको बदला आफ्नो आत्मकथामार्फत सार्वजनिक गरेको गर्दै खरेलले लेखेका कुरामा कुनै सत्यता नभएको नेता गौतमले दाबी गरेका छन् । गौतमका अनुसार खरेललाई हटाउने चाहना नभएको र आफू गृहमन्त्री भइसकेपछि तत्कालीन पार्टी अध्यक्ष मनमोहन अधिकारी र महासचिव माधव नेपालले पहिलो काम स्थानीय निर्वाचन गर्नुपर्नेमा खरेलबाट स्थानीय निर्वाचन हुने सम्भव नदेखिएपछि बाध्य भएर पार्टीकै निर्देशनमा तत्कालीन प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको सहमतिमा हटाइएको बताए ।

About Bharosa

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

x

Check Also

भारतीय नागरिकलाई नागरिकता बनाएको आरोपमा वडा सचिवमाथि मुद्धा

काठमाडौं । विराटनगर महानगरपालिका १ की वडा सचिव पुष्पा तिम्सिनाले भारतीय नागरिकलाई नागरिकताको सिफारिस गरिदिएको ...