काठमाडौं । नेपाल प्रहरीमाथि गम्भीर आरोप लागेको छ । नेपाली भूमिमा भारतीय सुरक्षाकर्मी प्रवेश गरी गोली प्रहार गरेर नेपाली नागरिकको हत्या गर्दा चुप लागेर बस्ने भारतीय संचार माध्यमहरुले लखनउबाट व्यापारी किशोरी लाललाई नेपाल प्रहरीले अपहरण गर्दा नेपाली सुरक्षाकर्मीमाथि गम्भीर आरोप लगाएका छन् । नेपाल प्रहरीले चोरको शैलीमा किशोरीलाई बीच सडकबाट अपहरण गरेको भन्दै भारतीय मिडिया न्यूज २४ ले सीसीटिभीको फुटेज भन्दै भिडियो समेत प्रशारण गरेका छन् ।