काठमाडौं । १० वर्ष चलेको माओवादी युद्ध समाप्त भएको करिब १२ वर्षपछि अहिले तत्कालीन माओवादीबाट अलग हुँदै नेपाल कम्युनिस्ट पार्टी गठन गरेका नेत्रविक्रम चन्द विप्लवले फेरि सशस्त्र युद्ध हुने घोषणा गरेका छन् ।
केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नेकपा पार्टीले नेतृत्व गरेको वर्तमान सरकारले आफूहरुको हत्या गर्न सुरक्षाकर्मीलाई आदेश दिएको आरोप लगाएका विप्लवले अब फेरि सशस्त्र युद्धको आवश्यक परेको भन्दै कथित १६ बुंदे सहमतिको विरोधमा अयोजित विरोध सभा कार्यक्रममा विप्लबले हतियारसहितको युद्ध सुरु हुने घोषणा गरेको छ । तर विप्लव समूह भूमिगत अवस्थामा रहेको छ भने उसलाई सरकारले सुरक्षा चुनौतिको रुपमा लिएको छ । केही कार्यकर्ता भने पक्राउ पनि परेका छन् ।